काठमाडौं । नेपाल महिला चेम्वर, व्यापार समितिले तीज विशेष मेलाको आयोजना गरेको छ । नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्वरद्वारा महिलाहरुको महान चाड तीजलाई लक्षित गरी ट्रेड शो तीज स्पेशल २०२३ को आयोजना गरिएको हो ।
नेपाली महिला उद्यमीहरुद्वारा उत्पादन गरिएका बिबिध सामाग्रीहरुको प्रदर्शन तथा बिक्री प्रवद्र्धन महिलाहरुमा उद्यमीशीलताको बिकाश गर्ने हेतुले आयोजना गरिएको उक्त मेलाको समुद्घाटन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गरेका छन् । आफ्नो उद्घाटन मन्तव्यमा अध्यक्ष मल्लले नेपाल महिला चेम्वर महिलाहरुको सर्वागिंण बिकाशको लागि स्थापना गरिएको र यस मेलाले महिलाहरुको उद्यमशीलताको बिकास तथा सामाजिक, सास्कृतिक तथा आर्थिक कृयाकलापहरुमा महिलाहरुको सहभागितामा वृद्धि हुने आशा व्यक्त गरे ।
महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मुलुकले आर्थिक समृद्धि हाशिल गर्न सक्ने बताउनु हुंदै अध्यक्ष मल्लले यस किसिमको रचनात्मक कार्यको लागि नेपाल महिला चेम्वरलाइ धन्यबाद व्यक्त गरेका हुन् । सो अवसरमा लोकप्रिय गायिका रेखा शाह,नारी पत्रिकाका सम्पादक लक्ष्मी भण्डारी लगायत चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा तथा दीपक श्रेष्ठले मेलाको सफलताको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए । नेपाल महिला चेम्वरका महासचिव तथा मेला संयोजक लिमा अधिकारीले मेलामा २५ जना महिला उद्यमीहरु सहभागिता रहेको र आज सम्पन्न हुने उक्त एक दिने मेलामा सांगितिक कार्यक्रम, फेसन शो नृत्य लगायतका कार्यक्रम समावेश भएको जानकारी दिइन् ।
FACEBOOK COMMENTS