काठमाडौं । सरकारले परराष्ट्र सचिवको संयोजकत्वमा विभिन्न सरोकारवाला सदस्य रहने बहुपक्षीय उद्धार समिति गठन गरेको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काका अनुसार शनिबार नै मुख्य सचिव सुमनराज अर्यालको नेतृत्वमा बसेको आकस्मिक बैठकले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको संयोजकत्वमा उद्धार समिति बनाएको हो ।
खड्काका अनुसार उक्त समितिमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर पूर्णता दिइने छ ।
जसले जोखिम मुलुक रहेका खाडीमा भएका नेपालीको उद्धार र तिनको सहयोगका लागि उक्त समितिले काम गर्नेछ ।
खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

FACEBOOK COMMENTS