नेपालमै आईटी विषयको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सुरू भएको स्वस्तिक कलेज अध्ययन र काम सँगसँगै गर्न चाहनेहरूका लागि सही छनोट बनेको छ । भक्तपुरको मध्यपुर थिमिमा रहेको स्वस्तिक कलेज सन् २०१३ मा स्थापना भएको हो । स्वस्तिक कलेजमा क्ष्त् को क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको नेपाली आईटी कम्पनी F1 Soft International समेतको लगानी रहेको छ । यस सहकार्यले कलेजका विद्यार्थीलाई अध्ययन सँगसँगै Industry Exposure को अवसर जुटाउने र अध्ययनपश्चात् रोजगारीको सुनिश्चितता समेत गर्ने गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वस्तिक कलेजमा BCA / B.Sc. CSIT का कक्षाहरू सञ्चालित छन् । अरु धेरै कार्यक्रमहरू सञ्चालन गर्दै आएको स्वस्तिक कलेजका कार्यकारी निर्देशक परिष्कृत खनालसँग कलेजका विविध गतिविधिहरूबारे कर्पोरेट खबरले कुराकानी गरेको छ । प्रस्तुत छ, खनालसँगको कुराकानीको संक्षिप्त अंश–
स्वस्तिक कलेज कस्तो कलेज हो ?
स्वस्तिक कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन गरिएको IT कलेज हो । यहाँ BCA र B.Sc. CSIT विषयको पढाइ हुन्छ ।
विद्यार्थीहरूलाई आकर्षण गर्नका लागि स्वस्तिक कलेजमा के कस्तो फरक शैलीको अभ्यास गराउनु भएको छ ?
हाम्रो कलेजमा सातौँ सेमेस्टर पढिसकेका विद्यार्थीहरूलाई आफ्नो कम्पनी खोल्न सक्ने अवस्थामा पुर्याउने गरी विभिन्न कक्षाहरू सञ्चालनको व्यवस्थापन गरेका छौँ साथै F1 Soft सहकार्यमा Internship र Job Placement का लागि सहज भएको छ । त्यसबाहेक कलेजमा हामी विद्यार्थीका लागि Market Oriented Non Credit Courses (Mini Syllabus) को प्रावधान गरेका छौँ, जसले विद्यार्थीलाई देश तथा विदेशका आईटी कम्पनीमा Placement का लागि सहयोगी भूमिका खेलेको छ ।
विद्यार्थीलाई पढाइसँगै सिकाइको पनि आवश्यकता पर्छ प्रयोगात्मक शिक्षा कसरी दिनुभएको छ ?
University ले Design गरेको Syllabus भन्दा हामी निकै अगाडि छौँ भन्ने लाग्छ । जस्तो आजको दिनमा बजारमा के को बढी आवश्यकता छ सोही कुराको ज्ञान विभिन्न Courses बाट हामी विद्यार्थीलाई दिइरहेका छौं ।
कसका लागि आईटी विषय उपयुक्त हुन्छ ?
कम्प्युटरमा रुची राख्ने र आईटीसँगै जोडिएका क्षेत्रमा नै आफ्नो भविष्य खोज्नेका लागि आईटी सही विषय हो । त्यसैले यो विषय मन र मस्तिष्कका साथ पढ्ने विद्यार्थीले आफ्नो भविष्य राम्रो बनाउँदछन् ।
BCA कस्तो कोर्ष हो ?
BCA त्रिभुवन विश्वविद्यालयले तयार गरेको स्नातक तहको आठ सेमेष्टरमा पढाइ हुने चार वर्षे Course हो । यो Course खासगरी कक्षा ११ र १२ मा Computer अध्ययन नगरेका विद्यार्थीले पनि अध्ययन गर्न पाउने गरी निर्माण गरिएको छ । कक्षा ११ र १२ मा जुनसुकै विषय अध्ययन गरेर न्यूनतम D+ Grade ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरूले पनि BCA अध्ययन गर्न सक्छन् । यो course को अध्ययनमा आधारभूत रूपमा कम्प्युटर Application र Software Development लाई Focus गरिन्छ । यो course को मुख्य विशेषता भनेको विद्यार्थीले आठ सेमेष्टरको अवधिमा गर्नुपर्ने Projects आफ्नो क्षमता र रुचीको आधारमा छनोट गरेर गर्न सक्छ । जसमा Mobile Application, Computer Application, Software Development, Webpage लगायतका थुप्रै विषयहरू हुन सक्छन् । पछिल्लो समयमा हाम्रो मुलुक लगायत विश्वभरि नै आईटी उद्यमको तीव्र गतिमा विकास भइरहेको छ । BCA पढेपछि System Engineer, Software, Junior Programmer, Web Developer, Software Developer को रूपमा सरकारी तथा गैर सरकारी वा स्वयम्ले उद्यमको सृजना गरेर काम गर्न सकिन्छ ।
B.Sc. CSIT कस्तो कोर्ष हो ?
B.Sc. CSIT स्नातक तह अन्तर्गतको Computer Science र IT बारे अध्ययन तथा अनुसन्धान गराउने विषय हो । IT क्षेत्रका लागि चाहिने नयाँ प्रविधिसम्बन्धी खोज तथा अनुसन्धान गर्न सिकाउने विषय हो । यो कोर्षमा कुनै पनि Technology को कारणले सफल र असफल भए भनेर अनुसन्धानका साथै नयाँ Technology बनाउन सिकाइन्छ । प्रविधिको प्रयोग र निर्माण कसरी गर्ने भन्ने विषय B.Sc. CSIT हो । विश्वमा हेर्ने हो भने Computer र IT को छुट्टाछुट्टै पढाइ हुन्छ । तर, B.Sc. CSIT मा दुवै पढ्न पाइन्छ । Computer को अनुसन्धान वा Software दुईमध्ये एक रोज्न सकिन्छ । Technology बाट दिइने सेवाका लागि दक्ष जनशक्ति आवश्यक छ । ती जनशक्ति उत्पादनका लागि B.Sc. CSIT महत्वपूर्ण कोर्ष हो ।
गुणस्तरीय शिक्षा दिन के गर्नुपर्छ ?
वास्तवमा विद्यार्थीले परीक्षामा कति नम्बर ल्यायो भन्ने विषय नितान्त प्राविधिक विषय हो । किनकी एउटा विद्यार्थीमा भएको सम्पूर्ण ज्ञान तीन घण्टाको परीक्षाबाट नै सम्पूर्ण रूपले मापन हुन सक्तैन । अनि हाम्रो सैद्धान्तिक रूपमा गरिएको अहिलेको परीक्षा प्रणालीले विद्यार्थीलाई कहिल्यै पनि व्यावहारिक ज्ञान दिन सकेको छैन । जसले विद्यार्थीहरूमा भएको फरक फरक दक्षता र क्षमतलाई पनि सामान्यीकरण गर्ने काम मात्रै गरेको छ । यस्तो चिन्तनले विद्यार्थीको वृत्ति विकास र उसले सिकेको कुराहरू फगत परीक्षामा आउने नम्बरै खुम्चिन पुग्दछ । त्यसैले हामीले पढाइमात्र नभएर व्यावहारिक शिक्षणमा पनि जोड दिएका छौं ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
विद्यार्थीहरूले +2 पछि विदेश रोज्छन् । हामी विदेश पढे पनि भविष्यमा काम गर्ने भनेको नेपालमा नै हो । त्यसैले नेपालमा नै Undergraduate गरेपछि भविष्यका लागि सहज हुन्छ । Bachelor Degree सम्म नेपालमा नै पढ्नुपर्छ । बाहिर केही शैक्षिक अनुभव लिन जाँदा नराम्रो होइन तर नेपालमा अहिले हरेक फिल्डमा प्रचुर सम्भावना छ । त्यसलाई पहिचान गरेर विद्यार्थीले आफ्नो भविष्य निर्माणमा लाग्नु उचित हुन्छ ।
FACEBOOK COMMENTS