तनहुँ । नेकपा एमालेलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आज शुक्रबार तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम मार्फत उनीहरू माओवादीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले आबुखैरेनी गाउँ कमिटी उपाध्यक्ष सम्झना बिक, वडा अध्यक्ष बद्री भट्टराई, गाउँ कमिटी सदस्य नारायणी अधिकारी, वडा सदस्य उपेन्द्र चापागाईं, सामाजिक व्यक्तित्वहरू दीपक गुरूङ, अभिशेक गुरूङ, सूर्य बिक, युवा व्यवसायीहरू भगवान श्रेष्ठ, विनय श्रेष्ठ, तमु समाजका अध्यक्ष चीजकुमार गुरूङ, युवा नेताहरू सन्दीप सुनार, बम बहादुर सुनार, जगत बिक, अमृत बिक, बादल सुनार, निश्चल सुनार, सुजन गुरूङ, नेत्र गुरूङ, रामबादुर गुरुङलगायत छन् ।
नवप्रवेशी नेता–कार्यकर्तालाई प्रधानमन्त्री प्रचण्डले स्वागत गरे ।
यो पनि पढ्नुहोस्–

मैले सरकारको नेतृत्व गर्दा नै अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो : प्रधानमन्त्री प्रचण्ड
