काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा बिहीबार भएको भेटवार्ता करिब पाँच घण्टा चलेको थियो ।
भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालैको भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । दुवैबीच भ्रमणका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।
त्यस्तै, आगामी निर्वाचन र त्यसको तयारीका विषयमा पनि छलफल भएको छ । पार्टीले सुरु गर्न लागेको प्रशिक्षण अभियानका सन्दर्भमा समेत दुवै नेताबीच कुराकानी भएको थियो ।
भेटमा मन्त्री, मन्त्रालय र सरकारका कामकारबाहीका साथै अध्यादेश तथा आगामी संसद् अधिवेशनका विषयमा पनि छलफल भएको सभापति लामिछानेको सचिवालयले जानकारी दिएको छ ।