काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)को हकप्रद सेयर बिक्री नभएपछि आवेदन दिने समय थपिएको छ । कोरोनालाई हकप्रद सेयर बिक्री नभएपनि कोरोनालाई बाहना बनाएर आवेदन दिन समय १५ दिन थपेको छ ।
कम्पनीले साउन ५ देखि आज (२५ गते) गतेसम्म हकप्रद निष्काशन गरेको थियो । समयमा नै माग अनुसार आवेदन परेका कारण अब सेयरधनीहरुले भदौ ८ गतेसम्म आवेदन दिन सकनेछन् । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ११ अर्ब रुपैयाँको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । जेठ २७ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । साथै ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकका शाखाबाट आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS