काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन् ।
बिहीबारदेखि भृकुटीमण्डपमा सुरू ‘आठौं नेपाल चेम्बर एक्स्पो २०२५’ को उद्घाटन समारोहमा बोल्दै उनले नेकपा (एमाले) र नेपाली कांग्रेसको सत्ता साझेदारीमा दुई तिहाइको सरकार गठनपछि अर्थतन्त्र सुधारोन्मुख दिशामा गएको बताएका हुन् ।
उनले कोमामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकारले आईसीयूमा ल्याएको बताए ।
उनले भने, ‘हामी आउनुभन्दा अघि अर्थतन्त्र ध्वस्त थियो, हामी आएपछि बल्ल सुधारतर्फ आयो ।’
सूचना प्रविधिका क्षेत्रमा धेरै काम गर्न र नियार्त बढाउन सरकारले कानुनी बाटो खोल्नका लागि अध्यादेशमार्फत सहजीकरण गरेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS