काठमाडौं, १७ भदौ । नेपाल र भारतबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ ।
साफ च्याम्पियनशीपको तयारीमा रहेका नेपाल र भारतले आज बिहीबार काठमाडौंस्थित दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
खेलको ३५औं मिनेटमा नेपालले अग्रता लिए पनि जित हासिल गर्न भने सकेन । ३५औं मिनेटमा नेपालका अञ्जन विष्टले गोल गरेका थिए । तर ६०औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएका थिए ।
नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार साँझ ५ः ३० बजे दशरथ रंगशालामै हुनेछ ।
FACEBOOK COMMENTS