काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार बढेको सुनको मूल्य आज (आइतबार) भने घटेको छ ।
गत बुधबारदेखि शुक्रबारसम्म निरन्तर बढेको सुनको मूल्य आज घटेको हो ।
बुधबार प्रतितोला चार सय रूपैयाँ, बिहीबार प्रतितोला एक हजार दुई सय रूपैयाँ र शुक्रबार प्रतितोला एक हजार तीन सय रूपैयाँ गरी तीन दिनमा प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेको छापावाल सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला आठ सय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबारको तुलनामा प्रतितोला ३० रूपैयाँले घटेर आज चाँदी प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS