नुवाकोट, २ भदौ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठक नुवाकोटमा हुने भएको छ ।
समितिका अध्यक्ष शिव देबकोटाको अध्यक्षतामा बुधबार बसेको भर्चुअल बैठकले आगामी भदौ ११ र १२ गते नुवाकोटको विदुरमा दोस्रो पूर्ण बैठक आयोजना गर्ने निर्णय गरेको महासचिव कृष्ण सारुमगरले जानकारी दिए ।
बैठकमा बागमती क्षेत्रका सञ्चारकर्मी र सञ्चारमाध्यमहरुको संरक्षण र प्रबद्र्धन, कोरोना महामारी नियन्त्रण र रोकथाममा महासंघको भूमिका, पत्रकारहरुको क्षमता र दक्षता अभिवृद्धिका लागि अपनाइनुपर्ने रणनीतिहरुका साथै साँगठनिक सुदृढीकरण र सदस्यता सुद्धीकरणका विषयमा समेत महत्वपूर्ण छलफल तथा निर्णय लिइने सारुमगरको भनाइ छ ।
FACEBOOK COMMENTS