असोज ६, काठमाडौँ । आज सेयर बजारमा उछाल आएको छ। लगातार घटिरहेको बजार हिजोबाट उकालो लाग्न थालेको हो । आज यो समाचार तयार पार्दा (१ः०९ बजे) सम्म बजार १००.५ अंकभन्दा बढीले उकालो लागेको छ। नेप्से परिसूचक २८१२.१२ को विन्दुमा उक्लिएको छ
। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.३९ अंकले बढेर ५२८.०२ को विन्दुमा पुगेको छ। यतिबेलासम्म सवा ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक १५ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
नेप्से उपसमूहमा रहेका सबै समूह हरियाली छाएको छ। विकास बैंक र वित्त समूह सर्वाधिक ८ प्रतिशतको हाराहारीमा उकालो लागेका छन्। अरु समूहमा पनि २.२५ प्रतिशतदेखि ७.५ ले बढेका छन्। अहिलेसम्म ८ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। गुहेश्वरी मर्चेन्ट एन्ड बैंक एन्ड फाइनान्स, मल्टीपर्पस फाइनान्स र हिमालयन ऊर्जामा १० प्रतिशत तथा मनकामना स्मार्ट लघुवित्त, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, घलेम्दी हाइड्रोपावर र श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो अवधिसम्म नेप्सेमा आज कारोबार भइरहेको १८५ वटामध्ये १८४ वटा कम्पनीको सेयरभाउ उकालो लागेको छ भने एउटाको मात्रै स्थिर रहेको छ।
FACEBOOK COMMENTS