काठमाडौं । व्यवसाय गर्न चाहनेका लागि राष्ट्र बैंकको सेयर धितो कर्जा सम्बन्धी पछिल्लो नीतिले कुनै असर नपार्ने गभर्नर महाप्रसाद अधिकारीले स्पष्ट पारेका छन् ।
अहिले जनमानसमा आफ्नो सम्पति राखेर ब्यवसाय कर्जा उपयोग गर्न नपाउने होकि भन्ने दुविधालाई प्रष्ट पार्दै गभर्नर अधिकारीले भने मार्जिन प्रकृतिको कर्जामा कसैले व्यवसाय गर्न चाहन्छ भने राष्ट्र बैंकले तोकेको ४ र १२ करोडको सीमाले नछुने बताए ।
नाफिजले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसाय गर्नका लागि नभइ सेयर धितो राखेर सेयरमै लगानी गर्नेलाई मात्रै उक्त सीमा तोकिएको बताए । सेयर धितो राखेर ७० प्रतिशतसम्म कर्जा पाइने उनको भनाइ छ ।
‘मार्जिन प्रकृतिको कर्जाका सन्दर्भमा कसैले व्यवसाय निरन्तरताका लागि आफूसँग रहेको कुनै पनि कम्पनीको सेयर धितोको रुपमा राख्न सक्छ । त्यसमा अहिले तोकिएको करोडको सीमाले छुँदैन,’ उनले भने ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा कुनै व्यक्ति वा संस्थाले एउटा संस्थाबाट सेयर धितोमा बढीमा ४ करोड र समग्रमा १२ करोड रुपैयाँ कर्जा लिन पाउने नयाँ व्यवस्था गरेको थियो ।
बैंकबाट कर्जा लिने अनि सेयर खरिद गर्ने, फेरि त्यो सेयर अर्को धितो राखेर ७० प्रतिशतसम्म कर्जा लिने र अर्को डिम्याटबाट कर्जा लिने प्रवृत्ति देखिएकाले उक्त सीमा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।’
FACEBOOK COMMENTS