काठमाडौं । नेपालीहरुको दोस्रो महान पर्व तिहार सुरु भैसकेको छ ।
तिहार सुरु भएसंगै सर्वसाधारणहरु किनमेलमा व्यस्त भएका छन् । भाईटिका आउन अब एक दिन मात्र बाँकी रहँदा न्युरोड स्थीत मसला पाउँने पसलमा भीड लागेको छ ।
त्यसैगरि तिहारका रंग लगायत अन्य सामाग्री पनि किनमेल भैरहेको छ । भाई मसलाका लागि सर्वसाधारणले काजु, किसमिस, पिस्ता, छोकडा, ओखर, चकलेट किनमेल गरिरहेका छन् ।
व्यवशायीले पनि व्यापार राम्रो भैरहेको बताएका छन् । यसपाली बजारमा नरिवलकाचे भने अभाव देखिएको छ ।
रसुवामा गएको बाढीका कारण नरिवलको अभाव भएको व्यवशायीले बताएका छन् ।
हेर्नुहोस् तस्बिरहरू –
FACEBOOK COMMENTS