काठमाडौं । टोपबहादुर रायमाझीलाई थुनामुक्तको माग गर्दै दायर भएको निवेदनमा उच्च अदालत पाटनले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।
भुटानी शरणार्थी प्रकरणमा थुनमा रहेका रायमाझीले जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग गर्दै उच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाले कारागार पठाउने जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले २०८० को असार १ मा रायमाझीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । यसअघि पुस ११ गते जिल्ला अदालत काठमाडौंमा रायमाझीले थुनामुक्तको निवेदन दिएका थिए । तर, जिल्ला अदालतले मागबमोजिम नहुने आदेश दिएपछि उनी उच्च अदालत पुगेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्लाको आदेशपछि रायमाझी, नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जना कारागार चलान भएका थिए । धरौटी बुझाएर खाँण थुनामुक्त भएपानी रायमाझी भने कारागारमै छन् ।
FACEBOOK COMMENTS