काठमाडौं । पछिल्लो एक महिनामा १ लाख ८ हजार ६३० जना पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बर २०२३ मा सो संख्यामा पर्यटक नेपाल आएका हुन् ।
यस महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि अमेरीका र चाइनाबाट धेरै पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।
यो महिनामा नेपाल भ्रमण गर्ने भारतीयको संख्या २४ हजार ४४३ रहेको छ । अमेरिकाबाट ११ हजार ४६१ र चीनबाट ७ हजार ६०१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
बेलायतबाट ६ हजार १३८ जना पर्यटक नेपाल भित्रदा अस्ट्रेलियाबाट ५ हजार ६० जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । थाइल्यान्डबाट ३ हजार ९६२ जना पर्यटक नेपाल आएका छन् भने बंगलादेशबाट ३ सय ७६१ जना पर्यटक नेपाल आएका छन् ।
यस्तै जर्मनीबाट ३ हजार ५१२ जना, श्रीलंकाबाट ३ हजार २२८ जना र फ्रान्सबाट ३ हजार २०५ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।
अघिल्लो महिना अक्टोबरमा १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएर हालसम्मकै उच्च रेकर्ड राखेको थियो । योसँगै २०२३ को ११ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या ९ लाख १८ हजार ३०८ पुगेको छ ।
FACEBOOK COMMENTS