काठमाडौं । आज महाशिवरात्रि पर्व । यो अर्वमा पाशुपत क्षेत्रमा निकै भिडभाड हुने गर्दछ । आज गौशालास्थित पाशुपत क्षेत्रमा दिनभर यातायात प्रभावित हुने काठमाडौ उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उक्त क्षेत्रमा शुक्रबार रातिदेखि नै दर्शनार्थीहरूको भिड बढी हुने भएकाले सवारी साधनलाई डाईभर्सन गरिने महाशाखाले जनाएको छ ।
आज गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने महाशाखाले जनाएको छ ।
मालवाहक सवारी साधनाहरूलाई तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने छ ।
शनिबार बस तथा माईक्रोबस रत्नपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुदैं रत्नपार्क फर्कने छन् ।
रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुदैँ जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुदैं रत्नपार्क फर्कनेछन् ।
कालोपुल हुदैं कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुदैं महाराजगंजको बाटो चलाउन पाइनेछ ।
माइक्रोबस तथा टेम्पो सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चाबहिल हुँदै बौद्ध तर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग चल्न पाउनेछन् ।
जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चल्नेछन् । मालवाहक सवारी साधन जोरपाटी, बौद्ध, चाबहिल हुदैं महाराजगन्ज तर्फ जाने मालवाहक सवारी साधनहरू चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुदैं सुकेधारा, महाराजगन्ज जानेछन् ।
कोटेश्वर, तीनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारा तर्फ जाने मालवाह सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगन्ज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुदैं बौद्ध तर्फ जानेछन् ।
कोटेश्वर तीनकुने हुदैं पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जानेछन् । महाराजगन्ज, चाबहिल हुदैं पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्नेछन् । कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म जानेछन ।
FACEBOOK COMMENTS