काठमाडौं । मेक्सिकोको ओक्साका क्षेत्रमा रेल पटरीबाट खस्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने लगभग १०० जना घाइते भएका छन् ।
रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्य सवार भएको बताइएको छ । नौसेनाका अनुसार दुर्घटनामा ९८ जना घाइते भएका छन्, जसमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
अधिकारीहरूका अनुसार, रेल निजाना शहर नजिकैको घुम्तीमा पटरीबाट खसेको थियो । मेक्सिकोका महान्यायाधिवक्ताले अनुसन्धान सुरु गरिएको बताएको बिबिसीले उल्लेख गरेको छ ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताएकी छिन् । उनले नौसेना सचिव सहित उच्च–स्तरीय अधिकारीहरू दुर्घटनास्थलमा पुगेको बताएकी छन् ।
FACEBOOK COMMENTS