काठमाडौँ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ । शुक्रवार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो ।
बाँकी रहेका ४ वटा प्रदेशहरुमा पनि दुई दिनभित्र सकिने गरी मतपत्र ढुवानीको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् । निर्वाचन आयोगले सबै जिल्लाहरुमा निर्वाचन सामग्रसहित मतपत्र ढुवानीको कामलाई तिब्रता दिएको हो ।
तोकिएको समय तालिकाभित्र सबै कामहरु सम्पन्न गर्नेगरी मतपत्र ढुवानीको काम पनि भइरहेको आयोगले जनाएको छ । आयोगकी सहायक प्रवक्ता श्रीसले भनिन्,‘हामीले पहिलो हुने निर्वाचन तर्फका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि २ करोड ३ लाख २३ हजार मत पत्र छपाई र प्याकिङको काम गर्यौ । त्यस्तै गरेर समानुपातिक मतपत्र छपाईको काम गर्यौ । जसमा २ करोड ८ लाख ३० हजार मतपत्र छपाईको काम गर्यौैँ ।
निर्वाचनका लागि मतपत्रहरु सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानीको काम सम्पन्न गरिसकेका छौ । अथवा सम्बन्धित ठाउँमा पुर्याइसकेका छौ । अब बाँकि रहेका ४ वटा प्रदेशमा पठाउने काम भइरहेको र भोली, पर्सी गरेर निर्वाचन आयोगले तयार गरेको कार्यतालिका भित्र नै निर्वाचन सामग्री र मतपत्र ढुवानीको काम पुर्याईसक्ने गरी हामीले काम गरिरहेका छौँ ।’ निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मत पत्र छपाइ गरेको छ ।
FACEBOOK COMMENTS