काठमाडौं । संयुक्त अरब इमिरेट्समा आधारित एभिएसन माटेरियल समाधानका अग्रणी कम्पनीएरोकनेक्सनहरूले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका एरोस्पेस तथा मेकानिकल इन्जिनियरिङ विद्यार्थीहरूलाई लक्षित गरी एभिएसन अफ्टरमार्केट ओरिएन्टेशन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यार्थीहरूलाई एभिएसन अफ्टरमार्केट उद्योगबारे आधारभूत ज्ञान दिलाउने र विश्वव्यापी अवसरहरूबारे बुझाउन उद्देश्य राखिएको थियो ।
कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीहरूको सहभागीता रहेको थियो, जसले यसलाई अत्यन्तै प्रभावकारी र सहभागितामूलक बनायो। यस कार्यक्रमको सफल सञ्चालनमा त्रिभुवन विश्वविद्यालयका यान्त्रिक तथा एरोनॉटिकल इन्जिनियरिङ विभाग प्रमुख डा. सुधिप भट्टराईको सहयोग र समन्वय महत्वपूर्ण रहेको थियो ।
अभिमुखीकरण सत्रहरू एरोकनेक्सनका टेक्निकल रिसोर्सेस म्यानेजर अभिषेक सिंह तथा बिजनेस म्यानेजर मेरिन पॉल द्वारा सञ्चालन गरिएको थिए। प्रस्तुतिहरूमा उद्योगको सञ्चालन विधि, बजार प्रवृत्ति तथा करियरका सम्भावनाहरूका बारेमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो । अन्त्यमा भएको अन्तरक्रियात्मक प्रश्न–उत्तर सत्रमा विद्यार्थीहरूले सक्रिय रूपमा सहभागिता जनाई सोचनीय प्रश्नहरू राखेका थिए ।
एरोकनेक्सनका संस्थापक मनोज जोनले यस सफल क्याम्पस इनिसियटिभप्रति खुशी व्यक्त गर्दै विश्वविद्यालय व्यवस्थापन तथा विद्यार्थीहरूको सहभागिताको प्रशंसा गरे ।
“एक अफ्टरमार्केट समाधान प्रदायकका रूपमा, यस्ता कार्यक्रमहरूले एभिएसन र एरोस्पेस उद्योगभित्र लुकेका अवसरहरूबारे नयाँ पुस्तालाई जानकार बनाउन मद्दत गर्छन्।”
उनले ब्भचयऋयललभअतष्यलक टीमलाई पनि यस्तो व्यापक र प्रभावकारी सत्र सञ्चालन गरेकोमा बधाई दिए, जसले नयाँ प्रतिभाहरूका लागि मार्ग प्रशस्त गर्न सक्ने बताए।
कार्यक्रमको समन्वय ब्भचयऋयललभअतष्यलक का टोली सदस्य आदिति खनाल र बिक्की दुवाल द्वारा गरियो, जसको योगदानले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।



FACEBOOK COMMENTS