काठमाडौं । गाेल्छा ग्रुपअन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्र्याम्ब्लर ४०० एक्स मोडलहरू सार्वजनिक गरेको छ ।
बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भित्र्याएका छन् । यी मोटरसाइकलहरूले नेपाली बजारमा पर्फर्मेन्स, सुरक्षा र डिजाइनको पूर्ण सन्तुलन प्रदान गर्दै मिडसाइज मोटरसाइकल सेगमेन्टलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएकोे छ ।
ट्रायम्फको उत्कृष्टताको इतिहास
ट्रायम्फ मोटरसाइकलले शताब्दीको अनुभव र ब्रिटिश इन्जिनियरिङको कौशलतालाई मिलाएर नयाँ डिजाइनका मोटरसाइकलहरू उत्पादन गर्दछ । उत्कृष्ट कलात्मक शैलीका लागि परिचित ट्रायम्फको बाइकहरूमा स्टाइल, पावर र विश्वसनीयताको सम्मिश्रण पाउन सकिन्छ ।
ट्रायम्फ स्पीड ४००
शहरी क्षेत्रका लागि डिजाइन गरिएको ट्रायम्फ स्पीड ४०० मा ४०० सीसीको टीआ सिरिज इन्जिन, ६-स्पीड गियरबक्स, स्लिप असिस्ट क्लच र हलुका फ्रेमसहितको एल्युमिनियम स्विङ आर्म समावेश छन् । यसमा ४३ मिलिमिटरको अपसाइड डाउन फोर्क्स, प्रिलोड एड्जस्टेबल रियर मोनोशक र १७ इन्चको एल्युमिनियम ह्वील प्रदान गरिएको छ । साथै ग्राहकले राइड-बाइ-वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलईडी लाइटिङ र थप सुरक्षाका लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्नेछन् ।
ट्रायम्फ स्क्र्याम्ब्लर ४०० एक्स
ट्रायम्फ स्क्र्याम्ब्लर ४०० एक्सको आकर्षक लुक्स, १९ इन्चको फ्रन्ट ह्वील, र १७ इन्चको रियर ह्वील, हाइ ग्राउण्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पुर्याउनेछ । स्क्र्याम्ब्लर ४०० एक्समा ४३ मिलिमिटरको पिस्टन फोक्र्स, एड्जस्टेबल रियर मोनोशक र अफरोड कन्ट्रोलका लागि डेडिकेटेड स्क्र्याम्ब्लर एर्गोनोमिक्ससहितको प्रिमियम सस्पेन्सन समावेश रहेको छ । साथै स्विचेबल बुस्च एबीएस, एलईडी लाइटिङ, ह्याण्डगार्ड र एक्सट्रिम अफरोडका लागि थप सुरक्षा प्रदान गरिएको छ ।
भदौ ११ देखि भदौ १६ सम्म नाडा अटो शोमा यी मोटरसाइकलहरू बुकिङ गर्ने ग्राहकहरूलाई ट्रायम्फ स्पीड ४०० विशेष मूल्य ६ लाख ३९ हजार ९०० रूपैयाँमा र ट्रायम्फ स्क्र्याम्ब्लर ४०० एक्स विशेष मूल्य ६ लाख ८९ हजार ९०० रूपैयाँमा प्रदान गरिने कम्पनीले जनाएको छ । विस्तृत जानकारीका लागि भृकुटीमण्डपमा जारी नाडा अटो शोको स्टल नं. एम१२ मा एवं कम्पनीको आधिकारिक सामाजिक सञ्जालमा सम्पर्क गर्न सकिनेछ ।
नाडा अटो शोमा बजाजले ‘एक्सप्रेस योर सेल्फ’ नामको अन्तरक्रियात्मक थिम पनि सन्चालन गरिरहेको छ । यसअन्तर्गत शोमा आउने अतिथिहरूलाई आफ्नो सिर्जनशीलता र व्यक्तिगत पहिचान प्रस्तुत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । यसका लागि बजाजको स्टल एम१२ मा छुट्टै स्पेसको व्यवस्था गरिएको छ, जहाँ सहभागीहरूले स्प्रे पेन्ट प्रयोग गरेर खाली क्यानभासमा वा मोटरसाइकलमा नै आफ्नो कलात्मक प्रतिभा देखाउन सक्नेछन् ।
FACEBOOK COMMENTS