काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।
अर्थमन्त्री पौडेलले त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
हाल स्तरोन्नति भइरहेको किर्तिपुरस्थित क्रिकेट रंगशालाका लागि संघीय सरकारले ४० करोड बजेट विनियोजन गरेको हो ।
यसका साथै चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशालाका सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरिएको छ ।
अर्थमन्त्री पौडेलले खेलकुद तथा युवा मन्त्रालयका लागि आगामी आर्थिक वर्ष ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS