काठमाडौं । दुई बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अवधिमा कुमारी र प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।
कालो सूचीमा रहेको खातामा रकम जम्मा गर्ने बाहेक कुनै पनि बैंकिङ कारोबार गर्न नपाइने भएपनि कुमारी बैंकले यस्तो गरेपछि कारबाही गरिएको बताइएको छ ।
कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ ।
यस्तै प्राइम कमर्सियल बैंकलाई भने कर्जाको भाका नाघेको अवधिको आधारमा वर्गीकरण नगरेका, केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना नियम अनुसार नगरेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।