काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं-ल्हासा उडान सुरु गरेको छ । हिमालयन एयरलाइन्सले बिहीबारदेखि काठमाडौँबाट लासा नियमित उडान सुरु गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहीबार हिमालयन एयरलाइन्सको काठमाडौं/ल्हासा सीधा हवाई उडानको उदघाटन गरेका हुन् ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल/चीन सम्बन्धमा काठमाडौं/ल्हासा सिधा हवाई उडान दोस्रो सेतुकोरुपमा स्थापित भएको बताए ।
‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ,’ नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान,’ मन्त्री किराँतीले भने ।
यो उडानले चिनियाँ पर्यटक नेपाल भित्राउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।
FACEBOOK COMMENTS