काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समझदारी बढेको छ ।
नयाँ समझदारी अनुसार केपी शर्मा ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधिका लागि प्रधानमन्त्री बन्ने र चुनाव गराउने समझदारी भएको छ ।
यस्तै प्रदेश सरकार पनि भाग लगाएका छन् । तीन वटा एमाले र तीन वटा काँग्रेस तथा मधेश प्रदेश मधेशकेन्द्रित दललाई नेतृत्व गर्न दिने समझदारी जुटेको छ ।
संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका तयार भएको छ । प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिट संख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको छ ।
FACEBOOK COMMENTS