काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरू भएको छ ।
एमालेको अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरेर निर्वाचनको सुरूवात गरेका हुन् । ओली र पोखरेलले मतदान गरेसँगै प्रतिनिधिहरूलाई मतदानका लागि पठाउन सुरू गरिएको छ ।
मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका छन् । एमालेको नेतृत्व चयनका लागि सोमबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउदै आजबाट मात्र मतदान सुरू भएको छ ।

FACEBOOK COMMENTS