काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले हालैको निर्वाचनमा पार्टीले भोगेको पराजयलाई गम्भीर समीक्षा गरी पुनर्गठनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले चुनावको पराजयलाई गम्भीर समीक्षा गरी पुनर्गठनमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।
पछिल्लो समय पार्टीभित्र र बाहिरबाट उठाइँदै आएको ‘वामपन्थी एकता’को बहसप्रति प्रश्न उठाउँदै अहिलेको समय सान्दर्भिक नभएको टिप्पणी गरेका हुन् ।
’नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गभीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो ।
यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दाभित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?’ उनले लेखेका छन् ।
