काठमाडौं । नेकपा (एमाले)ले समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ ।
आइतबार १६ जनाको नाम आयोगमा बुझाइएको हो । शनिबार बसेको एमाले सचिवालय बैठकबाट समानुपातिक सांसदको नाम चयन गरिएको थियो ।
सोही सूची आयोगमा बुझाइएको एमाले नेता नीरज आचार्यले जानकारी दिए । गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट एमालेले समानुपातिकर्फ १६ सिट जितेको छ ।
प्रत्यक्षतर्फ एमालेका नौ उमेदवार विजयी भएका थिए । एमालेले दुई पदाधिकारीलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई समानुपातिक सांसद बनाउने निर्णय गरिएको हो । पार्टी उपाध्यक्षमा पराजित गुरु बराललाई पनि समानुपातिक सांसद बनाउने एमालेको निर्णय छ ।
एमालेबाट सिफारिस समानुपातिक सांसदको नामावली पढ्नोस्–
जनजाति (चारजना)
महिला :
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ
पुरुष :
– रामबहादुर थापामगर
– कुलभक्त शाक्य

खसआर्य (पाँचजना)
महिला :
– पद्मा अर्याल
– टुकाभद्रा हमाल
– एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
– गुरुप्रसाद बराल
– पुष्पराज कँडेल

थारू (एकजना)
कृपाराम राना (पुरुष)

दलित (दुईजना)
महिला :
– विष्णुमाया विक
– नीता घतानी

मधेसी (तीनजना)
महिला :
– रिङ्ला यादव
– यशोधाकुमारी यादव
पुरुष :
– चन्द्रेश्वर मण्डल

मुस्लिम
महिला :
– साजिदा सिद्दिकी
आयोगले यो विवरण रुजु गरेर ठिक भए सांसद निर्वाचित गरी प्रमाणपत्र दिनेछ । दलहरूले यसअघि आयोगमा बुझाएको सामानुपातिक उमेदवारको बन्दसूचीबाट निर्वाचित हुनेको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
FACEBOOK COMMENTS