काठमाडौं । नेकपा (एमाले) ले युवा र उद्यमीलाई १० हजारबराबरको डलरकार्ड उपलब्ध गराउने घोषणा गरेको छ ।
एमालेले बिहीबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलरबराबरको बैंक कार्ड उपलब्ध गराउने उल्लेख छ ।
“सूचना प्रविधि क्षेत्रमा आईटी/टेक उत्पादनहरूको अनुसन्धान, उत्पादन, विकास तथा निर्यात प्रवद्र्धन गर्न र स्टार्टअप व्यवसायमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउन युवाहरूलाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलरबराबरको बैंक कार्ड उपलब्ध गराउनेछौँ,” घोषणापत्रमा भनिएको छ ।
यो सुविधाले स्टार्टअप उद्यममा जोडिन चाहने युवाहरूलाई एआई कन्टेन्ट क्रिएसन, डिजिटल मार्केटिङ, एप विकास तथा अन्य आईटी र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपयोग गर्न सहज बनाउने र १० लाख युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने एमालेको दाबी छ ।
विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना गर्न तथा विदेशी कम्पनीहरूमा कुनै पनि प्रकृतिको सेयर खरिद गर्न सक्ने व्यवस्थालाई थप सहज र व्यवस्थित बनाउने उल्लेख गरिएको छ ।

चुनावी घोषणापत्रमा एमालेको २५ बाचा : २० हजार सुत्केरी भत्ता, विद्यार्थीलाई २० लाख ऋण

FACEBOOK COMMENTS