काठमाडौं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले मंसिर २६ गतेका लागि साधारण सभा बोलाएको छ ।
साधारण सभा तथा लाभांश दिन मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सभाले करसहित १५८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ भने उक्त आवको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने प्रस्ताव रहेको छ । सभा, होटल याक एन्ड यती, दरबारमार्गमा काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ ।
FACEBOOK COMMENTS