काठमाडौं । अमेरिकाले रूस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयासको एक भागको रूपमा अमेरिकी अधिकारीहरूले अबुधाबीमा रूसी प्रतिनिधिहरूसँग भेट गर्ने जानकारी दिएको छ ।
रूस-युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘शान्ति योजना’ सम्बन्धी आइतबार जेनेभामा भएको बैठक पछि अब आबुधाबीमा फेरी छलफल हुने भएको हो ।
जेनेभा बैठकमा अमेरिकी प्रतिनिधिमण्डल, युक्रेन र यसका युरोपेली सहयोगीहरूले भाग लिएका थिए । युक्रेनी र युरोपेली नेताहरूले ट्रम्पको योजना ‘अझ धेरै काम आवश्यक’ भन्दै सो योजनाको घुमाएर आलोचना गरेका छन् ।
युरोपीयन देश र युक्रेनको असन्तुष्टिपछि ट्रम्पले आफ्नी प्रस्ताव अन्तिम नभएको प्रतिक्रिया समेत दिएका थिए । मिडिया रिपोर्टका अनुसार ट्रम्पको योजनामा संशोधन गरिएको बताइएको छ ।

FACEBOOK COMMENTS