काठमाडौं । नेपाल र अमेरिकाबीच ‘संयुक्त राज्य अमेरिका-नेपाल सांस्कृतिक सम्पत्ति सम्झौता’ (सीपीए) मा हस्ताक्षर भएको छ ।
राजदूत डीन आर। थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा। सुरेश सुरस श्रेष्ठले विहिबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यो हस्ताक्षरलाई ऐतिहासिक कोसेढुङ्गा भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । सीपीएले नेपालको सांस्कृतिक सम्पदाको सुरक्षा गर्न, सांस्कृतिक वस्तुहरूको अवैध ओसारपसार रोक्न र कानूनको उल्लङ्घन गरी हटाइएका कलाकृतिहरूको फिर्तालाई समर्थन गर्न बलियो रूपरेखा स्थापित गर्ने काठमाडौँस्थित अमेरिकी दूतावासले बताएको छ ।
अमेरिकामा अवैध आयातलाई प्रतिबन्धित गरेर र नैतिक सङ्कलन अभ्यासहरूलाई प्रवर्द्धन गरेर सीपीएले सांस्कृतिक सहयोगमा नयाँ अध्यायको सुरुवात गर्ने र अमेरिकाको लागि, सम्झौताले संग्रहालय, विश्वविद्यालय र सांस्कृतिक संस्थाहरूलाई जिम्मेवार र कानुनी आदानप्रदानलाई प्रोत्साहन गर्दै गैरकानूनी पुराना वस्तुहरूलाई अमेरिकी कला बजारबाट बाहिर राख्न मद्दत गर्ने बताइएको छ ।
नेपालको लागि, यसले आफ्नो सांस्कृतिक विरासतको संरक्षण, पुनस् प्राप्ति र उत्सव मनाउन एक महत्त्वपूर्ण उपकरण प्रदान गर्दछ साथै अमेरिका र नेपालले साझा प्रतिबद्धताहरूलाई कार्यमा परिणत गर्दै, सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्दै नेपालको सम्पदा दुवै देशका भावी पुस्ताहरूलाई शिक्षित र प्रेरणा दिन जारी राख्न यो सम्झौताले भूमिका खेल्ने दुताबासले जनाएको छ ।


FACEBOOK COMMENTS