काठमाडौं । ऊर्जा प्रवर्धकहरुमा चुनावी माहोल सुरु भएको छ । जेठ २९ गते हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इम्पानको अधिवेशनका लागि वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोनले उम्मेदवारी घोषणा गरेका छन् । उनी हाल उपाध्यक्ष रहेका छन् ।
लामाले आफ्नो समूह तयार पोर निर्वाचनमा होमिने भएका छन् । उनको समूहमा उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, हिमप्रसाद पाठक, सुसन कर्माचार्य र बिक्रम विष्ट छन् । महासचिवमा सिए टिएन आचार्य र उपमहासचिवमा कविता कँडेलले उम्मेदवार बनेका छन् ।
यस्तै कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त दोहोरिने भएका छन् । लामा समूहबाट सचिवमा विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शंकर बस्याल, अविज्ञा मल्लले उम्मेदवारी घोषणा छन् ।
यस्तै सदस्यमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, वर्णद लामिछाने, इशा श्रेष्ठ र प्रतिमा ज्ञवाली रहेका छन् ।