काठमाडौं । दुई घण्टाको लागि काठमाडौं उपत्यकामा आवातजावत सहज भएको छ । नेपाली सेनाले बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक सरसामान खरिदका लागि खुला गरेको हो ।
यससँगै सवारी आवातजावत गर्न सहज भएको छ । यसअघि कर्फ्यु आदेश जारी गर्दै बिहान ६ देखि ९ सम्म र साँझ ५ देखि ७ बजेसम्म दैनिक उपभोग्य वस्तु व्यवस्थापनको लागि सेनाले विज्ञिप्ति जारी गरेको थियो ।
FACEBOOK COMMENTS