काठमाडौं । नेपालमा भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विशेष ‘द सेभिङ एक्स्ट्राभागान्जा’ योजना सार्वजनिक गरेको छ।
नाडा अटो शो अवधिभर डेल्टा अटोकर्पको स्टल नम्बर टीडब्लूई–११ बाट भेस्पा वा अप्रिलिया खरिद तथा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ। योजनाअन्तर्गत खरिद गर्ने ग्राहकले भेस्पा तथा अप्रिलियाका विशेष ल्यापटप ब्यागसमेत प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार यो योजना नगद, वित्तीय सुविधा तथा सवारी साटफेरमार्फत खरिद गर्ने सबै ग्राहकका लागि लागू हुनेछ। यस वर्ष भेस्पाले नाडा अटो शोमा इटालियन क्याफेबाट प्रेरित विषयवस्तुमा आफ्नो प्रदर्शनी कक्ष तयार गरेको छ।
प्रदर्शनी कक्षमार्फत भेस्पाको इटालियन डिजाइन, जीवनशैली र प्रिमियम अनुभवलाई प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। प्रदर्शनीको मुख्य आकर्षणका रूपमा नयाँ अप्रिलिया एसआर १७५ एचपी.ई., लायलाक रङको भेस्पा १२५ तथा ओरो रङको भेस्पा एस १२५ राखिएको छ। त्यस्तै, अप्रिलियाका स्टर्म १२५ र एसआर १६० तथा भेस्पाका जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ का अन्य रङका मोडलसमेत प्रदर्शनीमा राखिएका छन्।
डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले नाडा अटो शोमा भेस्पा र अप्रिलियाका नयाँ मोडल नेपाली ग्राहकसमक्ष प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए।

उनले नयाँ अप्रिलिया एसआर १७५ एचपी.ई., लायलाक भेस्पा १२५ र ओरो भेस्पा एस १२५ ले ग्राहकलाई नयाँ विकल्प र उत्कृष्ट अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै, भेस्पाको क्याफे शैलीको प्रदर्शनी कक्ष र ‘द सेभिङ एक्स्ट्राभागान्जा’ योजनाले नाडा अटो शोको अनुभवलाई थप विशेष बनाउने उनको भनाइ छ।भेस्पा र अप्रिलियाका नयाँ मोडल तथा विशेष योजनाबारे जानकारी लिन ग्राहकले नाडा अटो शो २०२६ को स्टल नम्बर टीडब्लूई–११ मा भ्रमण गर्न सक्नेछन्।