काठमाडौं । के तपाई नयाँ स्मार्टफोनको खोजीमा हुनुहुन्छ? बजारमा विभिन्न विकल्पहरू उपलब्ध छन्, यसैबीच तपाइँको लागि उत्तम स्मार्टफोन छनोट गर्न निकै कठिन हुन सक्छ । स्माटफोन खरिद गर्ने क्रममा डिजाइन देखि लिएर उपलब्ध विशेषताहरुलाई मध्येनजर गर्दै निर्णय गरिन्छ । आजको डिजिटल युगमा, स्मार्टफोनले हामीे विश्वसंग संवाद गर्न र जोडिन उल्लेखनिय भूमिका निर्वाह गरेको छ ।
आज हामी भिभोको वाई सिरिजको नयाँ स्मार्टफोन वाई३६ लाई नजिकबाट हेर्नेछौं र यसको विशेषताहरु, डिजाइन, प्रदर्शन र क्यामेराको बारेमा चर्चा गर्नेछौं । स्मार्टफोन किन्नु अघि ग्राहकहरुका लागि सूचित निर्णय लिन मद्दत पुगोस् भनेर स्मार्टफोनको डिजाइनको गुणस्तरदेखि प्रदर्शन र क्यामेरासम्म सबै पक्षहरूलाई हामी समेट्नेछौं ।
आकर्षक डिजाइन
उत्कृष्ट डिजाइनको स्मार्टफोन आकर्षक देखिनुका साथै यसले प्रयोगकर्ताको अनुभव समेत बढाउँछ । फ्रेम, रिङ्ग र ग्लास जस्ता डिजाइन तत्वहरूले स्मार्टफोनलाई परिष्कृत र आकर्षक बनाउँछ । स्मार्टफोनका फ्रेमहरू प्रायः बेवास्ता गरिन्छ, तर यसले उपकरणको समग्र प्रदर्शनमा महत्वपूर्ण भूमिका खेल्छ । भिभो वाई३६ को फेन्टासी फ्रेमले वास्तविक तस्वीर र जीवन्त स्पर्श प्रदान गर्दछ । यसले प्रयोगकर्ताहरूलाई नवीन फ्रेमको स्मुद शतह प्रदान गर्दछ । २.५डी फ्ल्याट फ्रेमको साथ यसमा उत्कृष्ट र मनमोहक देखिने स्लीक लाइनहरू छन् । प्रोफेशनल फोटोग्राफी स्मार्टफोनहरूको विशेषता भएको “ट्विन–लेन्स रिफ्लेक्स” को साथ मोडेल गरिएको डाइनामिक डुअल रिङ डिजाइनले प्रोफेशनल तस्वीरहरु खिच्न मद्दत गर्दछ । वाई३६ मा ६.६४ इन्चको डिस्प्ले रहेको छ जसले प्रयोगकर्ताहरूलाई उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्दछ । स्मार्टफोनमा ९१.०६% सम्मको स्क्रिन–टु–बडी अनुपातको साथ डच डिस्प्ले पनि छ । स्क्रिनको शीर्षमा रहेको वाई३६ को सानो क्यामेरा नट्चले फोनमा चलचित्रहरूको आनन्द लिन मद्दत गर्दछ ।
वाई ३६ को नाजुक क्रिस्टल ढाँचाले समग्रमा एक परिष्कृत परिणाम दिन्छ । वाई ३६ को डिजाइनले गोल्डेन रिपल प्रक्रिया समावेश गर्दछ, जसले प्रिमियम क्रिस्टल ग्लासको साथमा पानीको रिप्पल इफेक्ट जस्तै रंगहरूको असंख्य आकर्षणहरू प्रदान गर्दछ । वाई ३६ मा कर्भड डिजाइनको साहयताले गोलो र नाजुक आकार दिइएको साथै यसमा स्मुद लाइनहरु र आकर्षक एपियरेन्श पनि रहेको छ । र, कर्भेचरको परिणामको रूपमा, यसमा कुनै असहज हुने रफ किनाराहरू छैनन् । स्लिक र फिउचरिस्टिक लुकका साथै यसले कम बेजेलहरूसँग थप इमर्सिभ दृश्य अनुभव पनि प्रदान गर्दछ । यसबाहेक, यसले सहज स्मार्टफोन अन्तरक्रिया सुनिश्चित गर्दछ र यसलाई थप सहज र एर्गोनोमिक बनाउँछ । यसका साथै, मेटालिक ग्रिड ढाँचामा सामान्य कालो रंगमा एक स्पार्कलिङ्ग इिफेक्ट प्रदान गर्दै यसले मिटियर ब्ल्याक टेक्शचरलाई थ्रि डाइमेन्शनल बनाउँछ । मिटियर ब्ल्याकको फ्लोराइट एजी ग्लास टेक्नोलोजीले क्रिस्टलको कठोर व्यवस्थापनद्वारा क्लासिक एजी ग्लासका फाइदाहरू, जस्तै स्क्राप प्रतिरोध र फिंगरप्रिन्ट प्रतिरोध जस्ता फाइदाहरू कायम राख्दै क्रिस्टल जस्तो सतह प्रदान गर्न ग्लास मार्फत कलर ट्रान्समिसनलाई बढाउँछ । भिभोले वाई३६ लाई दुई जीवन्त रंगहरू – भाइब्रन्ट गोल्ड र मिटियर ब्ल्याक कलरमा ल्याएको छ ।
उत्कृष्ट पर्फमेन्श
भिभो वाई३६ स्मार्टफोनको कार्यसम्पादन र उपयोगितामा उल्लेखनीय सुधार गरिएको छ । स्मार्टफोनमा ४४ वाटको फ्ल्यास चार्ज रहेको छ जसबाट प्रयोगकर्ताहरुले छिटो समयमा स्मार्टफोन चार्ज गर्न सक्छन् । यसमा विशाल ५००० एमएएच ब्याट्री पनि छ जुन दिनभर चार्ज टिक्छ र प्रयोगकर्ताहरुले आनन्दले आफ्नो कामहरु निरन्तर गर्न सक्छन् । यस स्मार्टफोनको ब्याट्रीको आयु बढाउन सुपर चार्ज पम्पसँग इम्बेड भएको २४ डाइमेन्शन सेक्यूरिटी प्रोटेक्शन विस्तार गरिएको छ । उच्च भोल्टेजहरू प्रयोग गरेर, यसले छिटो चार्ज गर्ने समय सक्षम बनाउँछ र भारी चार्जरहरूको निर्भरता कम गर्छ । ८जीवी + ८जीवी एक्सटेन्डेड र्यामको प्रयोगले यस स्मार्टफेनको कार्यसम्पादन क्षमतामा सुधार गर्छ । यो स्मार्टफोनमा धेरै विन्डोज र दिनभर मल्टिटास्किङलाई समर्थन गर्न उच्च गति छ। सहजताका साथ एपहरू बीच स्विच गर्नदेखि ल्याग–फ्री गेमिङ सत्रहरूको आनन्द लिनसम्म, वाई ३६ को शक्तिशाली र्यामले स्मार्टफोन प्रयोगको हरेक पक्षमा सहज र इमर्सिभ अनुभव सुनिश्चित गर्दछ । दैनिक जीवनको पक्षमा, वाई ३६को ब्याट्री र कार्यसम्पादन विशेषताहरू अमूल्य साबित हुन्छन्।
सुपीरियर क्यामेरा
वाई सिरिजको नयाँ मोडल वाई ३६ मा ५० एमपी को मुख्य क्यामेरा रहेको छ जसले तस्वीरमा उच्च–रिजोल्युसन, विस्तृत तथा यथार्थ रंगहरू प्रदान गर्दछ । २ एमपी बोकेह क्यामेरको साहयताले यसले विशिष्ट म्याक्रो फोटोहरू खिच्दा ब्लर नगरी डिटेल शट निकाल्छ । औरा स्क्रिन लाइट यसको अर्को हाइलाइट हो, जसले स्क्रिनमा सफ्ट, जेन्टल इलुमुनेशन प्रदान गर्दछ । यसले कम प्रकाशको अवस्थामा पनि स्पष्ट र जीवन्त सेल्फीहरूको साथै सुन्दर क्षणहरू खिच्दछ र रियर क्यामेरालाई पूरक बनाउन ।
भिभो वाई३६ मा १६एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेरा रहेको छ जसले शीर्ष प्राथमिकतामा पिक्सेल स्पष्टताका साथ विस्तृत सेल्फीहरू क्लिक गर्न अनुमति दिन्छ । फ्रन्ट पोट्र्रेट क्यामेराले यसको विभिन्न क्यामेरा सुविधाहरू मार्फत तस्विरको टोनिंग र एक्सपोजर बढाउन मद्दत गर्दछ ।
FACEBOOK COMMENTS