काठमाडौं । अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो अत्यधिक प्रतीक्षित स्मार्टफोन भिभो भी ५० लाइट नेपालमा सार्वजनिक गरेको छ । शक्ति, उच्च प्रदर्शन र प्रोफेशनल फोटोग्राफी क्षमताको अनुपम संयोजनमा आधारित यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताहरूका सबै आवश्यकताहरूलाई ध्यानमा राखी विशेषरूपमा डिजाइन गरिएको हो ।
सार्वजनिक घोषणा एक विशेष स्ट्यान्डअप कमेडी शो ‘द लाइट शो’ मार्फत गरियो, जुन हास्य, प्रविधि र मनोरञ्जनको सकारात्मक पक्षलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएका थियोे । यस कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर परस खड्का सहित नेपालका चर्चित कमेडियनहरू एलनजङ्ग थापा, आयुष श्रेष्ठ, अपूर्व क्षितिज सिंह र बीटी कान्छाको दमदार प्रस्तुति रहेको थियो । उनीहरूको रचनात्मकता हास्य पञ्चलाईनहरूले दर्शकहरूलाई हाँसो, रमाइलो र उत्साहले भरिएको एक अविस्मरणीय साँझ प्रदान गर्यो ।
भिभो भी ५० लाइटमा समावेश गरिएको ६५०० एमएएच ब्लू वल्ट ब्याट्रीे भी सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो क्षमता भएका ब्याट्री हो । ९० वाट फ्ल्यास चार्ज प्रविधिले प्रयोगकर्ताहरूलाई केवल एक घण्टाको चार्जमै पूरै दिन चल्ने ब्याट्री शक्ति प्रदान गर्छ । साथै, ५ वर्षको ब्याट्री हेल्थ एस्योरेन्स र १७०० चार्ज साइकल समर्थनले दीर्घकालीन टिकाउपनाको प्रत्याभूति दिन्छ ।
फोनमा रहेको ६.७७ ईन्चको १२० हर्ज अल्ट्रा भिजन पि–ओलेड पञ्च–होल डिस्प्ले र ९४.२% स्क्रिन–टु–बडी रेसीयोले प्रयोगकर्तालाई अत्यन्त इमर्सिभ अनुभव प्रदान गर्दछ । ७.७९ एम एमको अल्ट्रा–स्लिम प्रोफाइल, आकर्षक ग्लो रिङ क्यामेरा मोड्युल र हाई–ग्लस मेटालिक फ्रेमले यसको प्रीमियम डिजाइनलाई अझ निखार दिन्छ । फोनको कम्प्रेहेन्सिव कुशनिङ डिजाइन, एसजीएस फाइभ स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेशन जस्ता विशेषताहरूले यसको दिगोपन र सुरक्षाको ग्यारेन्टी दिन्छ ।
भिभो भी ५० लाइट दुई उत्कृष्ट प्रोसेसर विकल्पमा उपलब्ध छ– मीडियाटेक डीमेन्सिटी ६३०० (फाइभ जी) वा स्नापड्रागन ६८५ (फोर जी) । यी दुवै प्रोसेसरहरूले छिटो कनेक्टिभिटी, निरन्तर प्रदर्शन र स्मूद मल्टिटास्किङ सुनिश्चित गर्छन् । साथै, सर्कल टू सर्च, लाइभ टेक्स्ट, एआई स्क्रिन ट्रान्सलेसन, एल्बम मेमोरिज र एआई सुपर लिङ्क जस्ता सुविधाहरूले दैनिक प्रयोगमा थप स्मार्ट अनुभव दिन्छन् ।
फोनमा रहेको ५० एम पी सोनी आईएमएस् ८८२ मुख्य क्यामेराले औरा लाइट पोर्टेट र २x गोल्डेन पोर्टेट जस्ता सुविधा प्रदान गर्छ, जसले हरेक फोटोलाई प्रोफेस्नल टच दिन्छ । सेल्फीप्रेमीहरूका लागि समर्पित ३२ एम पी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई इरेज र एआई फोटो इनह्यान्स जस्ता टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउछन् र तस्बिलाई अझ जीवन्त बनाउँछन् ।
भिभो भी ५० लाइट दुई भिन्न भेरिएन्टमा उपलव्ध छ– ८ जीबी+२५६ जीबी स्टोरेज (फोर जी) संस्करणको मूल्य ३७ हजार ९९९ रुपैयाँ र १२ जीबी+२५६ जीबी स्टोरेज (फाइभ जी) संस्करणको मूल्य ४५ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यी दुवै मोडेलहरू भिभोका सबै आधिकारिक रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लेटफर्ममार्फत नेपालभर सहज रूपमा उपलब्ध छन् ।
FACEBOOK COMMENTS