काठमाडौं । नेकपा (एमाले) ले आज ’नेसनल भोलेन्टियर फोर्स’को ’केन्द्रीय कमान्ड’ घोषणा गर्ने कार्यक्रम राखेको छ ।
एमालेले बबरमहलबाट प्रदर्शन सुरु गरेको छ । एमालेको प्रदर्शन बबरमहलबाट नयाँ बानेश्वर जाँदै छ ।
त्यसपछि एमालेले आज ’नेसनल भोलेन्टियर फोर्स’को ’केन्द्रीय कमान्ड’ घोषणा गर्ने जनाइएको छ ।
जेनजी र एमालेको धर्ना र प्रदर्शन हुने भएसँगै प्रशासनले उच्च सतर्कता अपनाएको छ ।
दुवै समूह आपसमा भेट हुँदा हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सो क्षेत्रमा ठूलो सख्यामा प्रहरी परिचालन गरिएको छ ।

FACEBOOK COMMENTS