काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेश लगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

FACEBOOK COMMENTS