काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको जनाएको छ ।
हाल तराई भू-भाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ। देशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
FACEBOOK COMMENTS