काठमाडौं । राजधानीमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ ।
महाधिवेशनको सरगर्मी बढिरहँदा अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिन लागेका छन् ।
ओलीको टीमबाट पदाधिकारीमा उठ्ने नेताहरूको मोटामोटी खाका तयार भएको एक नेताले बताए । जसअनुसार ओली समूहबाट महासचिवमा शंकर पोखरेललाई नै अघि सार्ने तयारी गरेको छ ।
पोखरेललाई पुन: महासचिवको उम्मेदवार बनाउने गरी ओली निवास गुण्डुमा मोटामोटी समझदारी बनेको एक नेताले बताए । यसैगरी उपाध्यक्ष पदमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ ।
त्यस्तै, उपमहासचिव पदमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकाल उम्मेदवार बन्नेगरी आन्तरिक सहमति बनेको छ । नेता ज्ञवालीले केही पदमा सहमति भए सबै पदमा औपचारिक रुपमा टुंगिन बाँकी रहेको बताए । उनले समेत आफूले महासचिव पाउनुपर्ने दाबी गर्दै आएको बताइएको छ ।

एमाले महाधिवेशन : अध्यक्षमा ओली–पोखरेल र महासचिवमा पाण्डे–पोखरेलबीच भिडन्त पक्का

FACEBOOK COMMENTS