काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र द कोकाला फाउण्डेशनसहित आधा दर्जन संघसंस्थाद्वारा आयोजित वेस्ट म्यानेजमेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लूएमसीसी)काठमाडौंमा सम्पन्न भएको छ ।
नेपालले विश्व वातावरण दिवसको अवसर पारेर होटेल सोल्टीमा पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लूएमसीसी) आयोजना गरेको हो । जसको आयोजकमा नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खाली सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डष्ट्रीज योङ अन्ट्रप्रन्योर्स फोरम थिए ।
डब्लूएमसीसीले फोहोर व्यवस्थापन, जलवायु परिवर्तन र वातावरणीय स्थायित्वसम्बन्धी महत्वपूर्ण मुद्दाहरूको समाधानका लागि सरकारी कर्मचारीहरू, उद्योग व्यवसायीहरू, वातावरणविद् र नागरिक अगुवाहरूलाई एकसाथ ल्याएको थियो ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले वृक्षारोपण गररेर गरेका थिए । सो समारोहमा मटेरियल रिकभरी फेसिलिटीको अनावरण र ‘एबीसी फर क्लाइमेट चेन्ज’ पुस्तकको विमोचन गरिएको थियो । सम्मेलनको समापनमा भने वातावरण तथा वन मन्त्री नवल किशोर साह सुडीले मन्त्रालयले जलवायु चुनौतीका लागि चालेका आवश्यक पहलका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले यस पहलबारे भने, ‘वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स नेपालको लागि एक कोशेढुङ्गा हो । यस सम्मेलनले हामीले सामना गर्नुपरेको वातावरणीय चुनौतीहरूको दिगो समाधानहरू खोज्ने द कोका–कोला फाउन्डेसनको साझा प्रतिबद्धतालाई उजागर गरेको छ ।’ यसैगरी, यसैगरी, वुमन फर ह्युमन राइट्सकी प्रेसिडेन्ट कविता पाण्डेले भनिन्, ‘यो सम्मेलनले जलवायुका असर कम गर्ने कार्यमा भाग लिन चाहने समुदायहरूलाई थप ऊर्जा प्रदान गरेको छ । साथैमा सम्मेलनले वातावरण संरक्षणमा महिलाहरूको सहभागितालाई पनि सशक्त बनाएको छ ।’
सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिका बारेमा स्थानीय सरकारी अधिकारी र उद्योगीहरू बीच संवाद गरिएको थियो । ललितपुर, धनगढी, धनकुटा, बूढानीलकण्ठका मेयर र चन्द्रागिरिका उपमेयरहरूको सहभागिता रहेको उक्त छलफलको उद्घोषण दिलभूषण पाठकले गरेका थिए ।
सम्मेलनले सर्कुलर अर्थव्यवस्थालाई प्रवर्द्धन गर्न फोहोरलाई उपयोगी स्रोतहरूमा परिणत गर्ने उपायहरूको बारेमा छलफल गरिएको थियो । उक्त छलफलमा कार्बन उत्सर्जन, प्लास्टिक प्रदूषण, काठमाडौंको वायु प्रदूषण, सगरमाथा लगायत हिमालहरूमा देखा परेको जलवायु परिवर्तनको असर जस्ता विषयमा छलफल भएको थियो । साथै जीआईजेटले सम्मेलनमा प्रस्तुति दिँदै फोहोर व्यवस्थापनका नौला विचारहरू र पेरिस सम्झौतामा नेपालको प्रतिवद्धतालाई उजागर गरेको थियो ।
प्रतिनिधि सभा सदस्य सोबिता गौतम, तोसिमा कार्की र उदय राणाको मन्तव्यले वातावरणीय चुनौतीहरूको सामना गर्न साझा प्रयासको महत्वपूर्ण आवश्यकतालाई जोड दिएको थियो । उनीहरूको मन्तव्यले दिगो समाधानहरू बढाउन संयुक्त शक्तिको आवश्यकतालाई हाइलाइट गरेको थियो ।
नेपालमा फोहोर व्यवस्थापन र जलवायु सम्बन्धी कार्यलाई अगाडि बढाउने व्यापक चासो र प्रतिबद्धतालाई उजागर गर्न ३३ जिल्ला र ५ देशका गरी ६०० संस्थाका करिब १,००० प्रतिनिधिहरू उक्त सम्मेलनमा सहभागी थिए ।
डब्लूएमसीसीले सरकारी कर्मचारी, सांसद, कूटनीतिज्ञ र उद्योगहरूलाई अग्रणीलाई एकताबद्ध गर्न राष्ट्रिय मञ्च प्रदान गरिएको थियो । यसले नेपालको फोहोर व्यवस्थापन र जलवायुको एजेन्डालाई अगाडि बढाउन सहयोग गर्नुका साथै नीतिगत संवादलाई पनि बढावा दिन सफल भएको थियो ।
उक्त सम्मेलन विभिन्न सरोकारवालाबाट ठोस प्रतिबद्धताहरू सहित समापन भएको थियो । साथमा भविष्यका लागि एक स्पष्ट रोडम्याप सेट भएको आयोजकहरूले बताए । सम्मेलनमा प्रस्तुत भएका सहयोग र नवीन विचारहरूले फोहोर व्यवस्थापन र वातावरणीय नीतिहरूमा उल्लेखनीय सुधारको लागि आधार पनि तयार पारेको छ ।
FACEBOOK COMMENTS