काठमाडौँ । महिला अधिकारका लागि दबाब अभियानले संविधान प्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित गर्न राजनीतिक कदम चालिएको भन्दै माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरू शुक्रबार बिहान माइतीघरमा भेला भएर बानेश्वरसम्म विरोध र्याली गरेका हुन् ।
समानुपातिक प्रणालीलाई नेताहरूले दुरुपयोग गरेको उनीहरुको आरोप छ ।
समानुपातिक सूचीमा भएका गल्ती सच्याउन पनि उनीहरुले राजनीतिक दलहरूलाई चेतावनी दिएका छन् ।
FACEBOOK COMMENTS