काठमाडौं । इटली जारी महिला युरोकपको सेमिफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै इटली सेमिफाइनलमा पुगेको हो ।
इटलीको जितमा क्रिस्टियाना गिरेलीले दुवै गोल गरेकी थिइन् । त्यस्तै नर्वेका लागि एक गोल अदा हेगेरबर्गले एक गोल गरेकी थिइन् ।
अब सेमिफाइनलमा इटलीले स्विडेन र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ । यो सेमिफाइनल खेल जुलाई २२ मा हुँदै छ ।
युरोकअन्तर्गत क्वाटरफाइनलमा आज राति स्विडेन र इङल्याण्डबीच खेल हुँदै छ ।
FACEBOOK COMMENTS