काठमाडाैं । खाद्यका लागि कृषि अभियानले बिगत वर्षहरुमा जस्तै खानाका लागी खेतीपातीका महत्वपूर्ण सवालहरूमा संवाद तथा अन्र्तक्रियाका विविध कार्यक्रम सहित यस वर्षको ४४ औँ विश्व खाद्य दिवस मनाउन भएको छ ।
श्वभरमा भएका जनसंख्याको ११ जना मध्ये १ भोकै रहने वर्तमान अवस्थामा खाद्य दिवसको र यसले दिने संन्देश महत्वपूर्ण बताएको छ । “सुखि जीवन र समुन्नत भविष्यको लागि खाद्य अधिकार” भन्ने मुल नारा सहित यस बर्ष ४४ औँ खाद्य दिवस विश्वभर मनाउन लागिएको हो । विगत ११ बर्ष देखि खाना र खेतीपातीका साझा मृद्धाहरुमा वहश, पैरवी र वकालत गर्दै आईरहेको खाद्यका लागि कृषि अभियानले मिति २०८१ असोज ३० गते साप फल्चा बबरमहलमा सम्पन्न गरेको कार्यक्रममा खाना र खेतीपातीका समसामयीक विषयहरुमा छलफल समेत भएको थियो ।
कार्यक्रम कृषि विभागका महानिर्देशक, सह महानिर्देशक, अभियान्ताको सहभागिता रहेको थियो । अभियानले हरेक बर्ष खाद्य दिवसको अवसर पारेर विविध कार्यक्रमहरु गर्दै आइरहेको छ । यस बर्ष पनि कार्तिक २६ गते खाना र खेतीपातीको विषयमा तयार पारिएको नाटक सट्टापट्टाको प्रदर्शनी, रैथाने बीउबीजन र प्रविधिका साथै रैथाने खाद्य साँझको आयोजना गरिने अभियानका संयोजक उद्धव अधिकारीले बताए ।
सोहि सम्मेलनको अवसर पारेर खाना र खेतीपातीको वासालत २०८१ र खाना र खेतीपातीको विषयमा तयार पारेको दोहोरी गित सार्वजनिक भएको थियो । चर्चित लोकदोहोरी गायक राजु परियार र गायिका शिला आले मगर सहितको संंलग्नतामा सारङ्गि संसारले तयार पारेको गित युटुब डिजिटल प्लेटफर्ममा उपलब्ध हुने बताइएको छ ।
स्थानीय उत्पादन आवश्यक रुपमा बढ्न नसक्नु, विशाक्त उत्पादनमा परनिर्भर हुनु, नसर्ने दिर्घरोगहरु बढिरहनु जस्ता समकालिन संकटहरुबाट छुटकारा पाउन कृत्रिम रसायन र विषादी रहित खेतीपातीको परम्परागत बाटो फेर्न आवश्यक रहेको बताइएको छ । कार्यक्रममा बोल्दै सहभागि अतिथि तथा अभियान्ताले खाना र खेतीपाती सबैको साझा विषय भएकाले सार्वजनिक चासोका साथ अभियानमा सबै लाग्न पर्ने बताए ।
पछिल्लो समयमा प्रकृतिको अत्याधिक दोहनले निम्त्याएका संकटको सामना गर्दै विश्व शिखर सम्मेलनहरुमा खाना र खेतीपाती साझा चासो भएको कुरा गरिँदै आइरहेको छ । यसका साथै अन्तराष्ट्रिय रुपमै अहिलेको कृक्रिम रसायन, हर्मोन, विषादी, प्लाटिक खनिज इन्धन ब्यापारिक उत्पादनले भविष्यमा खानाको सुनिश्चितता नगर्ने कुरा स्विकार गरेको अवस्था छ ।
यसैबिच, सन् २०१५ मा भएको संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनले आगामी १५ वर्षभित्र विश्व भोकमरी अन्त्य गर्न शून्य भोक अभियान चलाउने प्रतिबद्धता व्यक्त गर्यो यो सँगै खाना र खेतीपातीको उत्पादन, वितरणलाई साझा दायित्वको रुपमा विश्वब्यापी बनाइयो । त्यसयता खाद्य अधिकार र सुरक्षा विश्व समुदायको मुख्य प्राथमिकता रहेको कुरा स्वीकार गर्दै यसको सम्बोधन गर्न तदनुकुल अन्तर्राष्ट्रि««य र राष्ट्रिय नीतिहरू तर्जुमा गर्दै खाद्य तथा कृषि प्रणालीको सुधारका विभिन्न प्रयत्नहरू भइरहेका छन् ।
यसै पृष्ठभूमिमा सुखी जीवन र समुन्नत भबिष्यको लागि खाद्य अधिकार भन्ने नारा सहित मनाउन लागिएको ४४औँ विश्व खाद्य दिवस हाम्रा लागि सान्दर्भिक र महत्वपूर्ण छ । यस प्रसगंमा, हामी नेपाली सबै भोको नरहने र पर्याप्त खान पाउने आधारभूत खाद्य अधिकार सुनिश्चत गर्दे जलवायू परिवर्तन, माटो, पर्यावरण र मानव स्वास्थ्य, आम्दानी र जीवनयापनका आधारभूत समस्याहरू संवोधन गर्नु पर्नेछ । यि सबै समस्याको सम्बोधन गर्दै आम नागरिकले विषरहित पोषिलो खाना उत्पादन गर्न र खान पाउने अधिकार सुनिश्चित गर्न हावा, पानी, माटो र समग्र प्रकृति जीवन्त राख्ने कुरा सर्वाधिक महत्वपूर्ण छ ।
FACEBOOK COMMENTS