काठमाडौं । अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटी निर्वाचित भएका छन् ।
उनले ९ हजार ५१८ मत ल्याएर निर्वाचित भएका हुन् ।
निर्वाचनमा बोगटीका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका पुष्प बहादुर शाहले ९ हजार ४६ मत ल्याए । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बलबहादुर कुँवरले ६ हजार ४९३ मत ल्याए ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार भुपदेव शाहले ४ हजार ५६२ मत पाएका छन् ।
FACEBOOK COMMENTS