काठमाडौं । यामाहा नेपालले २०८२ साउन ८ र ९ गते (बिहीबार र शुक्रबार) ‘ब्लू राइज–वी राइज एज वान’ भन्ने मूल नाराका साथ आफ्नो बहुप्रतिक्षित वार्षिक डिलर मिट २०२५ सम्पन्न गरेको छ ।
एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित यस दुईदिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलरहरू, यामाहा टिमका सदस्यहरू र विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए ।
पहिलो दिनको कार्यक्रम सेल्स र मोटिभेसनमा केन्द्रित रह्यो, जहाँ सौरभ लोहनीले सेल्स एण्ड बिजनेस ट्रेनिंग सेसन सञ्चालन गरेका थिए । यस सेसनले सहभागीहरूलाई बदलिँदो बजारमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने व्यवहारिक रणनीतिहरू प्रस्तुत गर्नुका साथै विशेषगरी डिलरशिप व्यवस्थापनको पक्षलाई प्राथमिकताका साथ समेटेको थियो ।
दोस्रो दिनको कार्यक्रममा यामाहा ब्रान्डको सामूहिक शक्ति र एकता झल्काउने कुराहरू मुख्य हाइलाइटका रूपमा देखिएका थिए । कार्यक्रम एमएडब्लू राइड्सका सीइओ तथा कार्यकारी निर्देशक श्री दीपक कुमार अग्रवालको सम्बोधनबाट सुरु भएको थियो जहाँ उनले सम्पूर्ण डिलरहरूलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै कम्पनीका सबै विभागहरूले निर्धारित वार्षिक लक्ष्य पूरा गरेकोमा त्यसको प्रशंसा पनि गरे ।
यस पश्चात् विभिन्न विभागले आर्थिक वर्ष ०८१/०८२ को समग्र गतिविधि र उपलब्धिहरूको समीक्षा एवम् आगामी वर्षको रणनीतिक योजना समेटेर आ–आफ्ना प्रस्तुतिहरू दिएका थिए ।
एमएडब्लू सोलिडारिटी फन्ड अन्तर्गत एक भावुक प्रयासका रूपमा फन्ड समिति सदस्य तथा चितवनका डिलर प्रतिनिधि केजीएस ट्रेडिंग कन्सर्न, महेन्द्रनगरलाई एक सोलिडारिटी चेक प्रदान गरे । गत वर्षको बाढीका कारण केजीएसको वर्कशप र भौतिक संरचनामा भएको गम्भीर क्षतिको सन्दर्भमा गरिएको यस सहयोगले संकटका समयमा आफ्ना साझेदारहरूप्रति यामाहाको बलियो साथ र प्रतिबद्धतालाई पुन: पुष्टि गरेको कम्पनीले बताएको छ ।
नयाँ आर्थिक वर्षमा प्रवेश गर्दै गर्दा, डिलर्स मिट २०२५ ले यामाहाका उपलब्धिहरूको उत्सव मनाउने मात्र होइन, यसको सामुहिक शक्ति र ब्रान्डको ‘ब्लू राइज: वी राइज एज वान’ भन्ने नाराप्रतिको प्रतिबद्धतालाई पुन: पुष्टि गर्न समेत सफल भएको बताइएको छ ।
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र फैलिँदो डिलर नेटवर्क मार्फत नेपालमा दुईपांग्रे सवारीको क्षेत्रलाई निरन्तर नेतृत्व दिइरहेको छ । दैनिक उपयोगका लागि स्कुटरदेखि थ्रिल खोज्नेहरूका लागि मोटरसाइकलसम्म, यामाहाले नेपाली ग्राहकहरूलाई उत्कृष्ट भ्यालु र राइड अनुभव प्रदान गरिरहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS