काठमाडौं । यामाहा नेपाल टाइटल स्पोन्सरका रूपमा प्रस्तुत नेपाल रोड रेसिङ च्याम्पियनसिप एनआरआरसी) २०२५ को फाइनल राउण्ड २० डिसेम्बर २०२५ मा धुलिखेल रेस ट्र्याकमा सम्पन्न भएको छ ।
रोमाञ्चक प्रतिस्पर्धासहित सम्पन्न यस फाइनल राउण्डसँगै रेसिङ सिजनको सुखद समापन भएको छ। प्रतियोगितामा देशका उत्कृष्ट मोटरसाइकल राइडर, रेसिङप्रेमी, मोटरस्पोर्ट समर्थक र उद्योग क्षेत्रका प्रतिनिधिहरूको ठूलो सहभागिता रहेको थियो ।
नेपालमा मोटरस्पोर्टमा यामाहाको लामो समयदेखिको योगदान छ । कम्पनीले एनआरआरसी लगायतका राष्ट्रियस्तरका रेसिङ इभेन्ट, राइडर तालिम कार्यक्रम र वान–मेक रेसिङ फम्र्याटमार्फत व्यवसायिक रेसिङ संस्कृति प्रवद्र्धन गर्दै र स्थानीय राइडर प्रतिभाको पहिचानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
एनआरआरसी२०२५ मा नेशनल, नोभिस र वुमेन गरी तीन प्रतिस्पर्धात्मक श्रेणी समावेश थिए। सबै सहभागीहरूले यामाहा च्१५ मोटरसाइकल प्रयोग गरेका थिए, जसले निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्दै राइडरको कौशल प्रदर्शित गर्न सहयोग गरेको थियो। मोटरसाइकल राष्ट्रिय र अन्तर्राष्ट्रिय रेसिङ सर्किटमा प्रमाणित प्रदर्शन दिने मोडल हो ।
नेशनल श्रेणीमा श्रीहरि पौडेलले उपाधि जित्दै आफ्नो प्रभुत्व प्रमाणित गर्नुभयो। नोभिस श्रेणीमा अभि रिसाल र वुमेन श्रेणीमा वर्षा बस्नेतले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका छन्। यी प्रदर्शनहरूले भविष्यका च्याम्पियन उत्पादन गर्ने र समावेशी रेसिङ वातावरण प्रवद्र्धन गर्ने को महत्व झल्काएको छ ।

विजेताहरूले आगामी अन्तर्राष्ट्रिय रेसिङ प्रतियोगिताहरूमा सहभागिता जनाउने अवसर पाउनेछन्, जसले उनीहरूलाई विश्वस्तरीय प्रतिस्पर्धा अनुभव र नेपालको प्रतिनिधित्व गर्ने मौका प्रदान गर्नेछ । यामाहाले नेपालमा व्यवसायिक रेसिङ इकोसिस्टम निर्माण र सुरक्षित, प्रतिस्पर्धात्मक र सीप–केन्द्रित रेसिङ प्रवद्र्धनमा दीर्घकालीन प्रतिबद्धता जारी राखेको छ, जसले स्थानीय राइडरहरूको विकास र अन्तर्राष्ट्रिय सफलता हासिल गर्न मद्दत पुर्याइरहेको छ ।


FACEBOOK COMMENTS