काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता डा. युवराज खतिवडाले भ्रष्टाचार न्यूनीकरणलाई पहिलो प्राथमिकता दिँदा विश्वमा गलत सन्देश जाने बताएका छन् ।
आज बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा उनले भ्रष्टाचार न्यूनीकरणलाई पहिलो प्राथमिकतामा दिनुले विश्वमा गलत सन्देश जाने भन्दै सुशासनका कुराहरूलाई जोड दिन र आर्थिक समृद्धिका कुरामा बढी आवश्यक रहेको बताएका हुन् ।
पूर्वअर्थमन्त्री डा. खतिवडाले देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको भए पनि भ्रष्टाचार निमुर्ल गर्ने कुरा योजनाको पहिलो प्राथमिकतामा राख्दा विश्वमा गलत सन्देश जाने भन्दै आर्थिक समृद्धिका आधारभूत तत्वहरूलाई पहिलो प्राथमिकतामा राखेर १६औं पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिएका छन् ।
उनले निरन्तर ५ प्रतिशत भन्दा माथि १० वर्ष हासिल गर्ने हो भने गरिबी १० प्रतिशत घट्ने दाबी गरे । कम लगानीबाट बढी प्रतिफल लिने बाटोमा जाने कुरामा ध्यान दिन आवश्यक रहेको भन्दै उनले संविधानमा लेखिएको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्ने कुरा योजनामा समावेश गर्न केले रोकेको हो ? भन्दै प्रश्न समेत गरेका छन् ।
उनले भने, ‘यो योजना तर्जुमा गरिरहँदा मैले यसअघि पनि भेनेका थिएँ, हामीलाई हाम्रो संविधानले नै भनेको हामी सबैले स्वीकारेको, संविधानमा लेखिएको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्नेछौँ भन्नेकुरा लेख्नलाई केले छेक्यो होला ? त्यो मैले अहिले पनि बुझिराखेको छैन । त्यो हामी सबैको साझा एजेण्डा हो । समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेण्डा हो । त्यही नारालाई अघि बढाउँदा कसैलाई काखा, कसैलाई पाखा हुँदैन थियो होला, त्यो लेख्न हामी किन हिच्किचाइरहेका छौँ । हामीले संविधानमा जे—जे प्रण गरेका छौँ, त्यसलाई कार्यान्वन गर्ने आवधिक योजना यही १६ औं योजना हो । अब यसलाई अंकमा ढालेर लक्ष्य समेत राम्रोसँग तोकेर जाने मध्यकालीन खर्च योजना र वार्षिक योजना बन्छ ।’
उनले सबैको एजेण्डालाई समावेश नगर्दा बजेटमा पहिलो चरणमा बिरोध गर्नुपर्ने स्थिति सिर्जना हुने बताए । समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेण्डा भएको बताउँदै उनले बजेटमा समाजवाद उन्मुख राज्य प्रणाली भनेर लेख्ने तर पञ्चवर्षीय योजनामा चर्चा नै नगर्ने हो भने पहिलो चरणमा नै योजना भन्दा फरक बजेट बन्ने स्पष्ट गरे ।
अर्थविज्ञहरूले नै देश विकासको समस्या पहिल्याउन सकेनन् : पूर्वप्रधानमन्त्री नेपाल
FACEBOOK COMMENTS