झापाबाट १८ वर्ष अघि शुरु गरेको अटो व्यवसाय अहिले काठमाण्डौं सम्म आईपुगेको छ । बैंकको ऋण लिएर शुरु गरेको व्यवसाय अहिले यहाँ सम्म पु¥याएको छ । शुरुमा त बैंकहरुले व्यवसाय गर्छ भन्दा सजिलै पत्ताउने गरेको थियो र अझ अटोमोवाईल्समा त झन बैंकको प्रथामिक क्षेत्र नै थियो ।
अहिले मोटरबाईकको लागि बैंकले भन्दा सहकारीले लगानी गर्ने भएकाले यसमा समस्या छैन । अहिले फरक परेको चारपाङ्ग्रे सवारीमा हो । अहिले व्यवसयी तथा ग्रहाक दुबैलाई बैंकले पहिला जस्तो महत्व नदिएको देखीन्छ ।
बैंकको प्रथामिकतामा नपर्नुको कारण पनि सरकरले सवारी साधनलाई विलाशिताको सामानमा गणना गरेकाले हो । अब अहिले सरकारले पनि यो विलासिताको समान होईन अत्यावश्क चिज हो भन्ने बुभm्न थालेको छ । सरकारले यसपालीको बजेटमा १५० भन्दा कम सिसिका बाईक तथा १००० सिसि सम्मका कारमा कर बढाएन यसको मतबल सवारीसाधन पनि अत्यावश्यक हो भन्ने बुभm्न थाल्नु हो ।
हामी व्यवसायीलाई नेपाल भित्र जहाँ व्यपार गरे पनि नेपालमै हो भन्ने बनाउन सक्नु पर्यो । प्रदेश– प्रदेशमा कर लगाउनु भएन । कर लगाएर व्यवसायीलाई केहि फरक पर्दैन तर मारमा पर्ने भनेको त उपभोक्ता नै हुन । जथाभावि करलाई एउटा सिस्सटमलागु गर्न पर्यो होईन भने त व्यवसय गर्ने वातावरण नै बन्दैन । सुखि नेपाली र समृद्ध नेपालको लागि अटोव्यवसाय पनि एउटा पाटो हो भन्ने सरकारले बुझ्नु पर्छ ।
प्रकाश कपुरी नाडा अटोमोबाईलस् एशोसीएशनका उपाध्यक्ष तथा कपुरी ब्रोदर्श इन्टरप्रईजेज् अध्यक्ष हुन् ।
FACEBOOK COMMENTS