काठमाडौं, असोज ५ – विश्वविद्यालय तहमा तपाईं हामीले दिने परीक्षा सामान्यतया कति घण्टाको हुन्छ ? सहजै उत्तर आउँछ, बढीमा तीन–चार घण्टा । हो, तपाईं–हामीले १०० पूर्णाङ्कको परीक्षामा उत्तरपुस्तिका बुझाइसक्ने समय प्रायः यस्तै हुन्छ । तर मध्यपश्चिम विश्वविद्यालय (मपविवि) को कुरा बेग्लै छ । विश्वविद्यालयले सातौं सेमेस्टरका विद्यार्थीहरुको ६० पूर्णाङ्कको परीक्षाको समय ८ घण्टा तोकेको छ ।
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको परीक्षा सम्बन्धी निर्देशिकामा उल्लेख भएअनुसार इन्जिनियरिङतर्फको ६० पूर्णाङ्कको परीक्षा बिहान ८ बजेबाट सुरु हुने छ र प्रश्नका उत्तर लेखेर अपराह्न ४ बजेभित्र बुझाइसक्नुपर्ने छ । ६० पूर्णाङ्कको सो परीक्षामा १० नम्बरको बहुबस्तुगत प्रश्नसमेत समाबेस हुन्छ ।
मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डा. आनन्दप्रसाद सुवेदीले कर्णाली प्रदेशको भौगोलिक विकटता, इन्टरनेट र विद्युतको अवस्थालाई ध्यानमा राखी ८ घण्टाको समय तोकिएको बताए । ‘विद्यार्थीले परीक्षा हलमा परीक्षा दिँदा चार घण्टाको समय लाग्छ । थप चार घण्टा इमेल गर्ने समय थपेका छौं,’ सुवेदीले भने ।
FACEBOOK COMMENTS